Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण हुनेवाला छः प्रचण्ड

निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण हुनेवाला छः प्रचण्ड


  • 750
    Shares

    निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण हुनेवाला छः प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पाटी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण हुनेवाला रहेको बताएका छन् । 

    मंगलबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा नेकपाको जित सुनिश्चित रहेकाले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण हुनेवाला रहेको बताएका हुन् । 

    निर्वाचन आउन केही दिनमात्रै बाँकी रहेको अवस्थाका सबै नेता तथा कार्यकर्ताले अझ धेरै मेहनत गरे नेकपा एक नम्बरको पार्टी हुने उनले बताए ।  प्रचण्डले नेकपा गठन भएपछि ध्रुवीकरणको नयाँ माहौल बनेको भन्दै फेरी सबै वामपन्थी कम्युनिस्ट एकै ठाउँमा हुने धारणा राखे । 

    देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।   


     

     

    प्रकाशित मिति :फाल्गुण १२ २०८२ मंगलवार - १४:०८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij