Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

एमालेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश

एमालेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश


  • 925
    Shares

    एमालेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश

    काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् । सिराहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमका बिच थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपामा भित्रिएका हुन् ।

    उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए । थापा २०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् ।

    लामो समय एमालेमा सक्रिय रहेकी थपलियाले केही समयअघि मात्रै नेकपा एमाले सिराहा जिल्लामा ‘परिवारवाद’ हाबी भएको र पुराना कार्यकर्ताको मूल्याङ्कन नभएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।  

     

    प्रकाशित मिति :फाल्गुण ११ २०८२ सोमवार - १४:०७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij