Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

एनएमबी बैंकको नाफा घट्यो, खुद ब्याज आम्दानी पौने ५ अर्ब माथि

एनएमबी बैंकको नाफा घट्यो, खुद ब्याज आम्दानी पौने ५ अर्ब माथि


  • 414
    Shares

    एनएमबी बैंकको नाफा घट्यो, खुद ब्याज आम्दानी पौने ५ अर्ब माथि

    काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा घटेको छ। 

    ६ महिनासम्ममा बैंकले १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद नाफा १७.७१ प्रतिशतले घटेको हो।

    बैंकको खुद ब्याज आम्दानी भने १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड १४ लाख ७६ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी १५.२१ प्रतिशतले बढेर ६ अर्ब ५४ करोड ९२ लाख १२ हजार रुपैयाँ पुगेको छ। 

    बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ४३ लाख १३ हजार रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८५ पैसा रहेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज भने ३४ करोड ४७ लाख ६५ हजार रुपैयाँबाट उल्लेख्य बढेर १ अर्ब ५५ करोड २२ लाख ३७ हजार रुपैयाँ पुगेको छ।

    सञ्चालन मुनाफा भने १५.२९ प्रतिशतले घटेर २ अर्ब ५० करोड ९९ लाख ६८ हजार रुपैयाँमा झरेको छ।  बैंकको खराब कर्जा ३.९६ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ। कमिसन आम्दानी २१.१७ प्रतिशतले बढेर १ अर्ब ३४ करोड २९ लाख ८१ हजार रुपैयाँ रहेको छ।

    १९ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ८१ करोड २५ लाख ४० हजार रुपैयाँ सञ्चित छ। बैंकले पुस मसान्तसम्ममा २ खर्ब ९१ अर्ब ४४ करोड १० लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४७ करोड ६ लाख ४९ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६८ पैसाले घटेर १७ रुपैयाँ १० पैसामा सीमित भएको छ। यस्तै यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ।

     

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १३:५८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij