२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले यसअघि विशेष अदालतले गुप्तालाई थुनामा पठाउँदा गरेको आदेश झिकाउने आदेश दिएको हो ।
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij