Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणबारे छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता

खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणबारे छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता


  • 834
    Shares

    खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणबारे छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण प्रकरणको छानबिन गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

    मुलुक बचाउने नागरिक अभियानका प्रमुख युवराज सफलले फर्जी आयोजक र फर्जी निमन्त्रणा पत्रका आधारमा मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृत गराइएको भन्दै उजुरी दिएका हुन् ।

    उजुरीमा आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रमसम्बन्धी आयोजक नेपाल सरकार, अमेरिकी सरकार वा नेपाली दूतावासको अभिलेखमा नरहेको दाबी गरिएको छ ।

    उजुरीकर्ताले मन्त्री गुप्ताले आफ्नो हैसियत दुरुपयोग गरी सामूहिक रुपमा अमेरिका जान खोजिएको भन्दै यसलाई संगठित मानव तस्करीसँग जोडेर अनुसन्धान गर्न माग गरेका छन् । 

    अख्तियारमा दर्ता उजुरीमा दोषी देखिएमा गुप्तामाथि मानव तस्करीसमेतको अभियोगमा कारबाही गर्न र अनुसन्धान अवधिमा मन्त्री पदबाट निलम्बन गर्न माग गरिएको छ ।

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - ११:५६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij