Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

वाल्डो क्यासिनोमा आइलेन्स लगाएर जुवा खेलाउने ४ भारतीय जेल चलान, ३ जना धरौटीमा रिहा

वाल्डो क्यासिनोमा आइलेन्स लगाएर जुवा खेलाउने ४ भारतीय जेल चलान, ३ जना धरौटीमा रिहा


  • 358
    Shares

    वाल्डो क्यासिनोमा आइलेन्स लगाएर जुवा खेलाउने ४ भारतीय जेल चलान, ३ जना धरौटीमा रिहा

    काठमाडौं । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा आँखामा आइलेन्स लगाएर जुवा खेल्नेरखेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन् ।

    काठमाडौं जिल्ला अदालतले चार जनालाई ठगीको कसुरमा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।  चारै जना सबै भारतकै नागरीक रहेका छन् ।  ५७ वर्षीय सुरेश महाजन, ३९ वर्षीय प्रमोद मौर्य, ३२ वर्षीय विक्रम सिंह र ३७ वर्षीय दिनेश बर्मा कारागार चलान भएका हुन् ।

    अदालतको आदेश अनुसार उनीहरुलाई सुन्धारास्ति केन्द्रीय कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताएका छन् ।

    त्यसैगरी सुनसरीकी ३५ वर्षीया चिजा खड्का र काठमाडौंकी ४० वर्षीया भवानी पाण्डे भने अदालतको आदेश अनुसार जनही एकरएक लाख धरौटी तिरेर छुटेका छन् ।

    अर्का चिनियाँ नागरिक ५ लाख धरौटी तिरेर रिहा भएका छन् । संलग्न रहेको आरोपमा क्यासिनो सञ्चालक, विनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भनिने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा भने फरार छन् ।

    म्याग्नेटिक जडान भएको तास र आँखामा त्यसलाई कनेक्ट गर्ने लेन्स राखेर क्यासिनो खेल्दै करोडौं ठग्न खोज्ने भारतीय महाजन समूहले ठूलो रकम ठग्ने योजना बनाएर खेलाउन खोजेको थियो ।

     

     

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - ११:४५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij