Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

शङ्खरापुर बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

शङ्खरापुर बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो


  • 484
    Shares

    शङ्खरापुर बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

    काठमाडौं । काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । ३३ जना घाइतेको उपचार जारी छ । बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो ।

    काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको पनि उपचारको क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि  मृतकको संख्या ५ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिए ।

    यसअघि बाँकेको कोहलपुर नगरपालिका ५ घई भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बूढानीलकण्ठ नगरपालिका ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिरहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको थियो  ।

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - १०:४८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij