Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत

निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत


  • 1.4K
    Shares

    निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत

    काठमाडौं । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ । निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।

    निर्वाचन प्रहरीका लागी नेपाल प्रहरी र सशस्त्रले माग गरेको बजेटमा अर्थ मन्त्रालयले सहमति दिएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरेका हुन् । स्वीकृत मापदण्ड अनुसार ४० दिनका लागी निर्वाचन प्रहरी भर्ना गरिनेछ ।

    अर्थ मन्त्रालयले निर्वाचन प्रहरी भर्ना गर्न ७ अर्ब १३ करोड बजेटको स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयको प्रदान गरेको बजेट अनुसार १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिने प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए । निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गर्नेगरी प्रहरी प्रधान कार्यालयले छिट्टै दरखास्त आह्वान गर्ने गृह प्रवक्ता काफ्लेले जानकारी दिए ।

    ४० दिन निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरीले प्रहरी जवान बराबर तलब र रासन सुविधा पाउँछन् । यसपटक निर्वाचन प्रहरीले छुट्टै भत्ता पाउँदैनन् ।

    सशस्त्र प्रहरीलाई १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्न आवश्यक बजेट अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ । सशस्त्रले पहिलो पटक निर्वाचन प्रहरी भर्ना गर्दैछ । सशस्त्रले भर्ना गर्ने निर्वाचन प्रहरीले पनि ४० दिन काम गर्नेछन् । उनीहरुले पनि सशस्त्र प्रहरीका जवान सरह तलब र रासन सुविधा पाउँछन् ।

    नेपाल प्रहरीले १ लाख ३६ हजार ८११ जना निर्वाचन प्रहरी भर्ना गर्न अनुमति मागेको थियो । तर, अर्थ मन्त्रालयले करिब ३ हजार सङ्ख्या घटाएर बजेट दिएको हो । केन्द्रीय सुरक्षा समितिले ३० कात्तिकमा  निर्वाचनका लागि १ लाख ३० हजार निर्वाचन प्रहरी भर्ना गर्ने निर्णय गरेको थियो । प्रहरी प्रधान कार्यालयले सुरक्षा चुनौतिको कारण थप सङ्ख्या आवश्यक रहेको प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको थियो ।

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - १७:०५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij