Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बरु विष पिउँछु म, तर पार्टी फुट्न दिन्नँ : गगन

बरु विष पिउँछु म, तर पार्टी फुट्न दिन्नँ : गगन


  • 393
    Shares

    बरु विष पिउँछु म, तर पार्टी फुट्न दिन्नँ : गगन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पार्टी एकता कायम राख्ने बताएका छन् । अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता कायम राख्ने उनले बताएका हुन्। कांग्रेस नेता डा.चन्द्र भण्डारी र डा.सुनील शर्मासँगको संवादको क्रममा महामन्त्री थापाले यस्तो बताएका छन् ।

    उनले भने, ‘तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्ता र शुभचिन्तकलाई आश्वस्त बनाउन चाहन्छु, पार्टी फुट्दैन । कसैले चाहेर पनि पार्टी फुट्दैन,’ ‘साँच्चिकै अप्ठेरो अवस्था आयो भने त बरु विषय पिउँछु नि म । बरु आफूले विष पिएर भए पनि यसको एकता जोगाइराख्नेछु ।’

    थापाले जेनजी आन्दोलनपछिको अवस्थामा नौजवानहरूले नेपाली कांग्रेसमाथि प्रशस्तै प्रश्न उठाइरहेको तर, तिनीहरूलाई चित्तबुझ्दो जवाफ दिन नसकिएको बताए ।

    डा. भण्डारीले यतिबेला नेपाली कांग्रेसलाई संसारभर रहेका नेपाली जनताले चासो र चिन्ताका साथ हेरिरहेको भन्दै एकताको सन्देश दिनुपर्ने बताएका छन् ।

     

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - १६:४८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij