२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते देश जलाउनेहरू नेपाली हुनै नसक्ने भन्दै देशद्रोही र अपराधी भएको बताएका छन् । उक्त घटना तात्कालिक नभएर आठ दश वर्ष अघिको योजना भएको दाबी समेत गरेका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘यो तात्कालिक होइन, आठ दश वर्ष देखिको तयारी हो । देश जलाउनेहरू देशद्रोही हुन्, अपराधी हुन्, कुनै आन्दोलनकारी होइनन्’ ओलीको भनाइ छ ।
उनले बेहोस पारिएका, बहकाइएका, आत्मा किनिएका र बेचिएका तत्त्वहरूले देश चलाएको भन्दै यो नेपाली आचरण, बुद्धि, मति र अभ्यास आचरण हुनै नसक्ने बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij