Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्षलाई कार्यकक्षमै दलियो मोसो

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्षलाई कार्यकक्षमै दलियो मोसो


  • 1.1K
    Shares

    डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्षलाई कार्यकक्षमै दलियो मोसो

    काठमाडौं । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई कार्यकक्षमै मोसो दलिएको छ । आफूहरूलाई नेकपा बहुमतको कार्यकर्ता बताउने चार जनाले बुधबार दिउँसो साढे एक बजेतिर ओझालाई मोसो दलेका हुन् ।

    ओझाले भने, ‘मैले नचिनेका चार जना आएर अस्पतालको सेवा सुविधा बारे सोध्न थाले । मैले पानी खाउँ भन्दै सामान्य कुराकानी गरिरहेको थिएँ, एक्कासी मोसो दल्न थाले ।’

    आफ्नो कार्यकक्षमा प्रवेश गर्दा उनीहरूको व्यवहार सामान्य देखिएको ओझाले बताए । उनले भने, ‘काम गर्ने क्रममा गल्ती कमी भएको रहेछ भने कानुनी प्रक्रियामा जानुपर्छ तर यसरी गैरकानुनी हर्कत गर्ने छुट कसैले पाउनु हुँदैन ।

    डडेलधुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले मोसो दल्नेहरू जंगलतिर भागेको जानकारी प्राप्त भएको बताए । अधिकारीले भने, ‘मोसो दलेर जंगलतिर भागेको सूचना आएको छ, उनीहरू छिट्टै पक्राउ पर्छन् ।’

    स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णयबाट ३ जेठ २०८० मा ओझा तीन वर्षका लागि अध्यक्ष नियुक्त भएका थिए ।

     

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - १६:१७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij