२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं-१ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश ।’
उनी २०७९ को निर्वाचनमा धरान उपमहानगरको मेयरमा निर्वाचित भएका थिए । निर्दलीय उम्मेदवार बनेका साम्पाङ मेयरमा निर्वाचित भएपछि उनले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी दर्ता गराएका छन् । यसअघि सुनसरी १ बाट अशोक राई निर्वाचित भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij