Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

राष्ट्रिय सभा निर्वाचन : प्रचण्ड सहमतिमा नआए कांग्रेस-एमालेले मात्रै सिट बाँडफाँट गर्ने तयारी

राष्ट्रिय सभा निर्वाचन : प्रचण्ड सहमतिमा नआए कांग्रेस-एमालेले मात्रै सिट बाँडफाँट गर्ने तयारी


  • 939
    Shares

    राष्ट्रिय सभा निर्वाचन : प्रचण्ड सहमतिमा नआए कांग्रेस-एमालेले मात्रै सिट बाँडफाँट गर्ने तयारी

    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म पनि प्रमुख दलहरुले सिट बाँडफाँट गरी तालमेलको प्रयास जारी राखेका छन् । तर तालमेलको अन्तिम निर्णय हुन सकेको छैन ।

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले ‘बोली फेरेपछि’ सिट बाँडफाँटमा सहमति नजुटेको कतिपय नेताहरु बताउँछन् । त्यसैले कांग्रेस-एमालेबीच मात्रै सिट बाँडफाँटको प्रयास भइरहेको छ । ‘प्रचण्डजी सहमतिमा नआए कांग्रेसले १० र एमालेले ८ सिट लिने विकल्पमा पनि छलफल चलिरहेको छ,’ कांग्रेसका एक नेताले भने ।

    राष्ट्रियसभामा २० फागुनदेखि रिक्त हुने १९ मध्ये १८ सिटका लागि (एक जना राष्ट्रपतिबाट मनोनीत हुने) आगामी माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि आज (बुधबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

    सुरुमा कांग्रेस–एमालेले ७–७, नेपाली कम्युनिस्ट पार्टीले ३ र जसपा नेपालले १ सिट बाँडफाँट गरेर तालमेल गर्ने विकल्पमा छलफल भएको थियो । तर, पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तालमेलका लागि अनिच्छुक देखिएका छन् । उनले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै कसैसँग तालमेल नगर्ने बताएका थिए । सिट बाँडफाँटमा कुरा नमिल्दा प्रचण्डको यो अभिव्यक्ति सार्वजनिक भएका नेताहरु बताउँछन् ।

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - १०:५४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij