२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । दुई धार्मिक समुदायको तनाव पछि वीरगञ्जमा हिजो साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू हटाइएको छ । मंगलबार भएको सर्वपक्षीय पाँच बुँदे सहमति पछि वीरगञ्जको कर्फ्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन् ।
सो बैठकले आन्दोलनरत पक्षले विरोध प्रदर्शन गर्नुअघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र पेस गर्न जोड दिने, तत्पश्चात् मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताइएको छ ।
बैठकले सबै प्रकारका सञ्चारकर्मीहरुलाई समाचार सम्प्रेषण गर्नुपूर्व धार्मिक, सांस्कृतिकरसामाजिक सद्भावमा खलल नपुग्ने गरी सामाचार सम्प्रेषण गर्न अनुरोध गर्ने पनि निर्णय गरेको छ ।
स्थानीय प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यू समय थप गरेको थियो ।
‘‘सर्वदलीय र सर्वपक्षीय बैठकमा भएको सहमति एवं हाल जिल्लाको शान्ति सुरक्षाको व्यवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय लगायतको गतिविधि निर्वाध रुपमा गर्न दिई जीवनयापन सहज गर्नु पर्ने समेतका कारण मिति २०८२\०९\२२ गते अपरान्ह ३:३० बजे देखि लागू हुने गरी उक्त कर्फ्यू आदेश हटाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ’ प्रमुख जिल्ला अधिकारी दाहालले जारी गरेको सूचनामा उल्लेख छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij