२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता टोबहादुर रायमाझीलाई नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीबाट उम्मेदवार सिफारिस गरेको छ ।
नेकपा एमाले पुर्व सचिव रायमाझीसँगै जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरिएको हो ।
एमाले जिल्ला कार्यालय सचिव लिलाबहादुर बिकका अनुसार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कमिटीको बैठकले पांचजनाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
नक्कली भुटानी शरणार्थी काण्डमा २०८० वैशाख ३१ गते पक्राउ परेका रायमाझी सोही वर्ष असार १ गते पुर्पक्षका लागि थुनामा पठाइएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij