Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कसरी धुने डाउन ज्याकेट ?

कसरी धुने डाउन ज्याकेट ?


  • 1.0K
    Shares

    कसरी धुने डाउन ज्याकेट ?

    काठमाडौं । कठ्यांग्रिने जाडोमा ज्यानलाई न्यानो राख्न त डाउन ज्याकेट काइदा हुन्छ । तर जब यसमा लागेको धुलो-मैलो र पसिनाको गन्ध पखाल्नुपर्ने हुन्छ, सही तरिकाले धुने ढंग पुग्दैन ।

    डाउन ज्याकेट धुन मात्र होइन, त्यसमा भएको पानी निचोर्न र सुकाउन पनि ढंग पुर्‍याउनुपर्ने स्मार्ट धोबीका चौलागाईं बताउँछन् ।

    कसरी धुने त  ?
    डाउन ज्याकेट अन्य लुगाफाटो जस्तो पटक–पटक धोइरहन हुँदैन । यस्तो ज्याकेट घरमै हातले वा वासिङ मेसिनले धुन सकिन्छ । लाउन्ड्रीमा पनि धुन दिन सकिन्छ ।

    लाउन्ड्रीमा एउटा डाउन ज्याकेट धोएको सामान्यतः २०० दखि २५० रुपैयाँसम्म शुल्क लाग्छ । यद्यपि लाउन्ड्रीमा भन्दा घरमै धुँदा यसको जतन हुने कतिपयको सुझाव छ ।

    घरमै हातले डाउन ज्याकेट धुने हो भने प्लाष्टिकको बाटामा डिर्टजेन्ट पाउडर घोल्नुपर्छ । यस घोलमा ज्याकेट डुबाएर दाँत माझ्ने पुरानो ब्रसले हल्का ढंगले गोलाकार बनाउँदै रगड्नुपर्छ । खासगरी मैला वा कुनै दाग टाँसिएको भागमा ब्रसले सफा गर्न सकिन्छ ।

    एकसरो डिटर्जेन्ट पानीमा धाइसकेपछि यसलाई नरम कपडाले पुछेर निकाल्नुपर्छ । त्यसपछि सफा पानीमा डुबाउँदै निकाल्दै पखाल्नुपर्छ । पानीमा राम्ररी पखालिएन भने यसमा डिटर्जेन्टको चिल्लो र दाग बस्ने हुन सक्छ ।

    राम्ररी पखालेर यसलाई १० मिनेट जति यत्तिकै छाड्नुपर्छ । त्यसपछि एउटा सफा तौलिया फिजाएर त्यसमा ज्याकेट राख्ने । तौलियासँगै ज्याकेटलाई बेरेर राम्ररी निचोर्नुपर्छ । यसरी निचोर्दा ज्याकेटभित्रको पानी राम्ररी सोसिन्छ ।

    ज्याकेटको पानी निथ्रिएपछि यसलाई अलि ओझेल तर हावा चल्ने ठाउँमा सुकाउन सकिन्छ । चर्को घामको सोझो प्रभाव पर्ने ठाउँमा सुकाउनुहुन्न । घरभित्रै सुकाउनु परेमा सामान्य ड्रायर प्रयोग गर्न सकिन्छ ।

    वासिङ मेसिनमा कसरी धुने ?
    घरमा वासिङ मेसिन छ भने डाउन ज्याकेट धुन अझ सहज हुन सक्छ । वासिङ मेसिनमा धुनुअघि त्यसमा लागेको दाग वा मैलालाई ब्रसले हल्का सफा गर्नुपर्छ ।

    वासिङ मेसिनको ‘चिसो पानी’ वा नरम कपडा धुने म्यानुअल बटन दबाउनुपर्छ । वासिङ मेसिनमा उपयुक्त क्लिनिर हाल्ने र ज्याकेट धोइसकेपछि सोझो घामको राप पर्ने ठाउँमा राख्नु हुँदैन । ड्रायरबाट सुकाउनु राम्रो हुन्छ ।

    डाउन ज्याकेटलाई कसरी जतन गर्ने ?
    डाउन ज्याकेट धुन र सुकाउन मात्र होइन, यसलाई जतनसाथ राख्न पनि जरुरी छ । यस्तो ज्याकेट पटक–पटक धोइरहनु उपयुक्त हुँदैन । डाउन ज्याकेट धुन र सुकाउन मात्र होइन, यसलाई जतनसाथ राख्न पनि जरुरी छ । यस्तो ज्याकेट पटक–पटक धोइरहनु उपयुक्त हुँदैन ।

    डाउन ज्याकेट चिसो मौसम वा भेगमा लगाइने भए पनि खासगरी पैदल यात्राका क्रममा लगाउन नहुने बताइन्छ । पानी झरीमा पनि डाउन ज्याकेट लगाउन उपयुक्त हुन्न । डाउन ज्याकेटलाई बेलाबखत घाममा राख्नु राम्रो हुन्छ ।

    डाउन ज्याकेट दराजमा पट्याएर राख्नु हुँदैन । यसलाई दराजभित्र पनि ह्याङ्गरमा झुण्ड्याएर राख्नुपर्छ ।

     

     

    प्रकाशित मिति :पौष २२ २०८२ मंगलवार - १४:५४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij