२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँड र उम्मेदवार चयनको सम्पूर्ण जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहकार्य र सिट भागबण्डा टुंगो लगाउने अधिकार अध्यक्ष ओलीलाई दिएको हो।
बैठकपछि जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले राष्ट्रियसभाका रिक्त सिटमा नेपाली कांग्रेससँग मिलेर जाने सैद्धान्तिक सहमति भएको बताएका छन्। सोही सहमति अनुसार एमालेले सम्मानजनक उपस्थितिको खोजी गर्दै ७ सिटमा दाबी गरेको उनले बताएका छन्।
यद्यपि, कुन प्रदेशबाट कुन क्लस्टर (महिला, पुरुष, अन्य आदि) मा को उम्मेदवार बन्ने र कति सिट लिने भन्ने अन्तिम निर्णय गर्ने जिम्मा भने बैठकले अध्यक्ष ओलीलाई नै दिएको उनले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij