२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा सहभागी सम्पूर्ण घटकका नेताहरूको सहभागिता रहेको छ ।
राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । रिक्त स्थानमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत छन् । बाँकी १८ पदका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ । चुनावमा प्रमुख दलबीच भागवण्डाको प्रयास भइराखेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij