२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा अपराह्न २ बजे बस्ने बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार तय गर्नेदेखि केन्द्रीय समिति विस्तारसम्मका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधिबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij