२०८२ माघ ७ गते बुधवार
काठमाडौं । पार्टीभित्र देखिएको महाधिवेशन विवादबारे निर्णय लिन बोलाइएको कार्यसम्पादन समिति बैठक पौने २ घण्टा ढिलो गरी सुरु भएको छ ।
दिउँसो ३ बजेका लागि बोलाइएको बैठक पौने ५ बजे सुरु भएको हो । महामन्त्री गगन थापा आउन ढिला गरेपछि बैठक ढिला सुरु भएको हो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केही ढिला गरी बैठक सुरु भएको जानकारी दिए । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यसमितिले निर्णय गरेर सुरु गरिएको १५ औँ महाधिवेशनको प्रक्रिया बिहीबार संयुक्त विज्ञप्ति निकालेर स्थगित गरेका थिए ।
त्यसपछि सुरु भएको विवाद समाधानका लागि बैठक बोलाइएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij