Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

महामन्त्रीद्वय गगन र विश्वको आश्वासन : पार्टी विभाजन हुनेगरी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व घोषणा हुँदैन

महामन्त्रीद्वय गगन र विश्वको आश्वासन : पार्टी विभाजन हुनेगरी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व घोषणा हुँदैन


  • 1.5K
    Shares

    महामन्त्रीद्वय गगन र विश्वको आश्वासन : पार्टी विभाजन हुनेगरी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व घोषणा हुँदैन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन हुने गरी आफूहरूले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि नबढ्ने बताएका छन् ।  

    बिहान आफूहरूलाई भेट्न पुगेका केन्द्रीय सदस्यहरूसँग उनीहरूले आफूहरूको चाहना पनि पार्टी एक रहोस् भन्ने रहेको बताएका हुन् ।

    केन्द्रीय सदस्यहरू आङ्गेलु शेर्पा, पुष्पा भुसाल, डा.डिला संग्रौला, उदयशमशेर राणा, राजेन्द्र केसी सहितले शुक्रबार बिहान महाराजगन्जस्थित एक होटलमा महामन्त्रीद्वय थापा र शर्मालाई भेटेका थिए ।

    भेटमा केन्द्रीय सदस्यहरूसँग महामन्त्री थापाले पार्टी नेतृत्व र संस्थापनले आफूहरूसँग समन्वय नगरी आफ्नो गुटमा छलफल गरेर त्यसैका आधारमा निर्णय गर्ने गरेको गुनासो गरेका थिए । 

    मङ्सिर १५ गते १५औँ महाधिवेशनका सन्दर्भमा केन्द्रीय समितिले गरेको निर्णय कार्यतालिका अनुसार अगाडि नबढेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशनको प्रक्रिया बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै स्थगित गरिदिएका थिए।

    त्यसपछि कांग्रेसका महाधिवेशन विवाद चर्किएको छ । त्यो विवादलाई मत्थर पार्न केन्द्रीय सदस्यहरूले दुवै पक्षका नेताहरूलाई भेटेका हुन् ।

     

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - १४:०४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij