२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशन पक्षधरहरुले पुस २८ भित्रै विशेष महाधिवेशन गर्न दबाब बढाउँदै लगेका छन् । विशेष महाधिवेशन पक्षहरुले शुक्रवार पत्रकार सम्मेलन गरी पार्टी विधानले तोकेअनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।
उनीहरुले विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको दाबी गरेका छन् । नियमित महाधिवेशन गर्न नसकिएको अवस्थामा ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर माग गरेको विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको उनीहरुको भनाई छ ।
विशेष महाधिवेशन पक्षधरका नेता सुवास पोखरेलले असोज २९ मा दर्ता भएको विशेष महाधिवेशनको माग अझै जीवित रहेको र यसको कार्यान्वयन पार्टीको अनिवार्य कर्तव्य भएको बताएका छन्। लोकतान्त्रिक पार्टी भएर पनि विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान र विधिको वकालत गर्दै नागरिकसमक्ष जान नैतिक अधिकार कांग्रेससंग नहुने उनले बताएका छन्।
उनले भने, ‘हामीले नियमित महाधिवेशनको कार्यतालिका सार्वजानिक हुँदै भनेका थियौँ तोकिएको समयमा महाधिवेशन नगरि मिति सार्ने कुनै सुविधा हुनेछैन । विधानले तोेकेको समयसिमामा ३ महिना अर्थात २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्य सम्पन्न गर्नुपर्ने हुँदा सीमाभित्र रही हामी विशेष महाविधिवेशनको मागअनुसार पुस २७ र २८ मा विधानको धारा १७९२० अनुसार विशेष महाधिवेशन गर्न जोडदार माग गर्दछौँ ।’
विशेष महाधिवेशनले पार्टीमा फुट नभई एकता कायम गर्ने विशेष महाधिवेशन पक्षधरहरुको भनाई छ । उनीहरुले पार्टी विभाजन गर्ने पक्षमा आफूहरु नरहेको पनि बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij