Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

‘उज्यालो नेपाल’ले पठाएको १८ मध्ये रास्वपाले काटिदियो चार जनाको नाम

‘उज्यालो नेपाल’ले पठाएको १८ मध्ये रास्वपाले काटिदियो चार जनाको नाम


  • 1.8K
    Shares

    ‘उज्यालो नेपाल’ले पठाएको १८ मध्ये रास्वपाले काटिदियो चार जनाको नाम

    काठमाडौं । तत्कालीन उज्यालो नेपाल पार्टीले आफ्नो तर्फबाट भन्दै पठाएको समानुपातिकतर्फको १८ जनाको नामबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जनाको नाम काटिदिएको पाइएको छ । 

    सो पार्टीले पठाएका नाममध्ये रास्वपाले लाक्पा फुटी शेर्पा, देवकी पौडेल, कुमार राज सुवेदी र राजदेव रामको नाम काटिदिएको पाइएको हो । 

    यसअघि उज्यालो पार्टीलाई समानुपातिकमा १८ जना दिने सहमति भएको थियो । तर, यी नाम काटिएपछि उज्यालो नेपालबाट सिफारिस भएका समानुपातिक उम्मेदवारको संख्या १४ मा सीमित भएको छ ।

    सोमबार रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबिच एकताका लागि ७ बुँदे सहमति भएको थियो । यो सँगै उज्यालोले तयार पारेको समानुपातिक बन्दसूची बुझाएन ।

    तर केन्द्रीय कमिटीबाट पारित नभई एकता सहमति गरेको र बन्दसूचीमा सहमति गरेको भन्दै अहिले बहुसंख्यक केन्द्रीय सदस्य असन्तुष्ट रहेको केन्द्रीय सदस्य तुलसा वाइबाले जानकारी दिइन् । 

    images
    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - १४:३९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij