२०८२ माघ ७ गते बुधवार
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भदौ २३ गतेको प्रदर्शन र भोलिपल्टको जेन जी विध्वंशवारे छानबिन गर्न गठित आयोगलाई आफ्नै निवासमा बोलाएर बयान दिने तयारी गरेका छन् ।
तत्कालीन गृहमन्त्री रमेश लेखकले पर्सि सोमबार आयोगमा पुगेर बयान दिने भैसकेका छन् । ओलीले कार्की नेतृत्वको आयोगलाई आफ्नै निवासमा पठाइदिन आग्रह गरेपछि सरकार लचिलो भएको बुझिएको छ । ओलीले सरकारी च्यानललाई पठाएको सन्देश उल्लेख गर्दै स्रोत भन्छ, ‘गौरीबहादुर कार्की पनि यही गुण्डुकै वासिन्दा हुन् । तिनलाई मेरोमा चिया पिउन पठाइदिनु, म कुरा गरौंला ।’
शीतल निवासमा भएको पछिल्लो वार्ता, आज सिंहदरबारमा हुन लागेको तीन दलका शीर्ष नेताहरुसँग प्रधानमन्त्री सुशीला कार्कीको संयुक्त भेटवार्ता, हिजो सञ्चारमन्त्रीले तीन जना नेताको निवासमा पुगेर गरेको भेट सबैको अन्तर्य आगामी चुनाव र गुण्डुमा बयानका लागि तयारीका रुपमा लिन सकिन्छ ।
यता एमालेले पुस अन्तिम साता बस्ने केन्द्रीय समिति बैठकको आन्तरिक तयारी थालेको छ । उक्त बैठकमा नेताहरुबीच कार्य विभाजन गरिँदै छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij