Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु


  • 18.8K
    Shares

    • images
    माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

    नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका–१ का मिलन तामाङ रहेका छन् ।

    तादी र दोर्खुखोलाको सङ्गमस्थलमा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति करिब ९ बजेतिर १९ वर्षका तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीसँग माछा मार्न गएका अन्य पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान शुरु गरेको छ ।

    सवारी साधनको ब्याट्री प्रयोग गरेर खोलामा माछा मार्दा जोखिम हुने भएकाले त्यस्तो घटनामा संलग्न नहुनका लागि नुवाकोट प्रहरीले अनुरोध गरेको छ । रासस

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १५:३२:२७ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij