२०८२ मंसिर १७ गते बुधवार
काठमाडौं । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु भएको छ । बुधबार राजधानीको प्रज्ञा भवनमा उक्त पार्टीको औपचारिक घोषणा सभा सुरु भएको हो ।
घोषणा सभामा उज्यालो नेपालका संरक्षक समेत रहेका मन्त्री कुलमान घिसिङ पनि केहीबेर अघि पुगेका छन् । कार्यक्रममा ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ उपस्थित भएका छन् ।
पार्टीको कार्यक्रममा उनी सहभागी भएर औपचारिक सम्बोधनको तयारी रहेको उनी निकट स्रोतले जानकारी दियो । उक्त पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij