Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

कुलमानकै उपस्थितिमा आज घोषणा सभा गर्दै उज्यालो नेपाल पार्टी

कुलमानकै उपस्थितिमा आज घोषणा सभा गर्दै उज्यालो नेपाल पार्टी


  • 960
    Shares

    • images
    कुलमानकै उपस्थितिमा आज घोषणा सभा गर्दै उज्यालो नेपाल पार्टी

    काठमाडौं । उज्यालो नेपाल पार्टीले ऊर्जामन्त्री कुलमान घिसिङकै उपस्थितिमा आज मंसिर १७ गते घोषणा सभा आयोजना गर्दै छ।

    उक्त पार्टीले शुक्रबार नै पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार आज (बुधबार) दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवनमामा घोषणा सभा आयोजना गरिने भएको हो।

    चुनावको मुखमा मात्रै पार्टीमा क्रियाशील हुने भनिएका कुलमान त्यसअघि नै पार्टीमा आधिकारिक रूपमा खुल्न लागेका हुन्। आजको घोषणा सभामार्फत उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने बताइएको छ।

    पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने जारी विज्ञप्तिमा उल्लेख छ। समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, संगठन, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको उज्यालो नेपाल पार्टीले  जनाएको छ।

    जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समृद्ध राष्ट्र निर्माणार्थ परिणाममुखी संवादमार्फत एकजुट हुन उसले आह्वान गरेको छ।

    प्रकाशित मिति :मंसिर १७ २०८२ बुधवार - १०:०३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij