२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । पशुपति क्षेत्रमा आयोजित कोटिहोम महायज्ञमा नयाँ कथावाचिका चन्द्रकला सखीको आगमन भएको छ । लण्डनबाट राम कथा वाचनको लागि सखीलाई मानव सेवा फाउन्डेसनका अध्यक्ष विजय कृष्णमूर्तिलगायतले भव्य स्वागत गरेका छन् ।
सखीले साउन १६ देखि २४ गतेसम्म दिउँसो २ देखि ७ बजेसम्म राम कथा वाचन गर्नेछिन् । उनी नेपालकी पहिलो महिला रामचरितमानस र भक्तमाल कथा वाचिकाका रूपमा परिचित छिन् ।
श्रीमद्भागवत कथा पुराण प्रवक्ता वाल योगेश्वर श्री विजय कृष्णमुर्तीका अनुसार मानव सेवा फाउन्डेसनलगायत झन्डै एक दर्जन संघ-संस्थाको आयोजनामा कोटी होम आयोजना गरिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij