Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

संस्थापन समूहले स्वीकार गर्‍यो देउवाको आग्रह, पुसमा महाधिवेशन

संस्थापन समूहले स्वीकार गर्‍यो देउवाको आग्रह, पुसमा महाधिवेशन


  • 274
    Shares

    संस्थापन समूहले स्वीकार गर्‍यो देउवाको आग्रह, पुसमा महाधिवेशन
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि संस्थापन समूहका नेताहरू पुस मसान्तमा नियमित महाधिवेशन गर्ने प्रस्ताव स्वीकार गर्न सहमत भएका छन् । 

    बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तमा नियमित महाधिवेशन गर्ने प्रस्ताव स्विकार्न आग्रह गर्दा सभापति देउवासँग छलफल गर्ने बताएका संस्थापन पक्षीय नेताहरू सभापति देउवासँगको छलफल पछि स्विकार्न सहमत भएका हुन् ।

    देउवालाई भेट्न पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा नेताहरू बालकृष्ण खाण, रणबहादुर रावल, सिता गुरुङ, कुन्दन काफ्ले, गुरु बरालसहित पुगेका थिए ।

    नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशनको औचित्य सकिने निधिले बताएका छन् ।  

     

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १४:५३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij