२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दै छ । महाधिवेशनको विषयमा विवाद हुँदा कांग्रेस बैठक पटक(पटक सर्दै आएको छ । सोहीअनुरुप पछिल्लो पटक आइतबार दिउँसो बस्ने भनिएको बैठक सोमबार बस्नेगरी सारिएको थियो ।
कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने तय भएको जानकारी दिएका छन् ।
यसैबीच नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशन माग गरेको प्रस्ताव फिर्ता भए पुसमा नियमित महाधिवेशन गर्न मान्ने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij