२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । काठमाडौंको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-२७ कान्तिपथस्थित सडकमा बीएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङगाको लिखु गाउँपालिका-९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको हो ।
गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij