Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

गोरखामा दुईजना मृत फेला

गोरखामा दुईजना मृत फेला


  • 918
    Shares

    गोरखामा दुईजना मृत फेला
    images

    काठमाडौं । गोरखाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । प्रहरीका अनुसार गोरखाको गण्डकी गाउँपालिका र अजिरकोट गाउँपालिकामा दुईजनाको शव फेला परेको हो ।

    गण्डकी गाउँपालिका-२, गोर्दीस्थित त्रिशुली नदी किनारामा अन्दाजी ३० वर्षीय पुरूष बुधबार मृत फेला परेका प्रहरीले जानकारी दिएको छ । हाल उनको पहिचान भने खुलिसकेको छैन ।

    त्यस्तै, अजिरकोट गाउँपालिका-४, ढोडेनीस्थित दरौदी नदीमा बारपाक सुलिकोट गाउँपालिका-४ रनचोक घर भएका ३८ वर्षीय शेरबहादुर बिक बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :मंसिर १० २०८२ बुधवार - १७:४७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij