Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढ्यो

वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढ्यो


  • 316
    Shares

    वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढ्यो
    images

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढाउन परिपत्र गरेको छ । मन्त्रालय बुधबार मेडिकल शुल्क बढाउन भन्दै सम्पूर्ण मेडिकल व्यवासायीहरुको नाममा परिपत्र गरेको हो ।

    मन्त्रालयले ३४ प्रकारका परीक्षणहरु समेत गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको शुल्क रु ९५०० अनिवार्य लिई मंसिर १० गतेदेखि स्वास्थ्य परीक्षण गर्न परिपत्र गरेको छ ।

    पूर्व श्रममन्त्री शरदसिंह भण्डारीले भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गराएका थिए । त्यतिबेला विरोधपछि सो शुल्क कार्यान्वयन प्रक्रिया रोकिएको थियो। अहिले फेरि मन्त्री नभएको बेलामा परिपत्र भएको हो।

    यसअघि ३ हजार ५ सय सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म शुल्क तोकिएको थियो। तर मलेसियाको हकमा भने मेडिकल व्यावसायीले ९ हजार ८ सय रुपैयाँ लिने गरेका थिए । 

    प्रकाशित मिति :मंसिर १० २०८२ बुधवार - १४:२७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij