२०८२ मंसिर १० गते बुधवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलवार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.३२ अंकले बढेर २,६५५ को विन्दुमा कायम भएको छ ।
आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१९ कम्पनीको १ करोढ १९ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोडको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ।
त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.३३ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै बन्दीपुर केबलकारको २६ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको २० करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij