Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

न्युजिल्याण्डको सर्वोच्च शिखरमा दुई पर्वतारोहीको मृत्यु

न्युजिल्याण्डको सर्वोच्च शिखरमा दुई पर्वतारोहीको मृत्यु


  • 281
    Shares

    न्युजिल्याण्डको सर्वोच्च शिखरमा दुई पर्वतारोहीको मृत्यु
    images

     काठमाडौं । न्युजिल्याण्डको सबैभन्दा अग्लो आओराकी अर्थात् माउन्ट कूकबाट खसेर दुई जना पर्वतारोहीको मृत्यु भएको छ । दुवैको शव हिमाल आरोहण गर्दा प्रयोग गर्ने डोरीमा अल्झिएको अवस्थामा पाइएको बीबीसीले जनाएको छ । 

    मृतकको पहिचान सार्वजनिक भएको छैन । यद्यपि एक जना ख्यातिप्राप्त गाइड भएको जनाइएको छ । उनीहरुको टोलीका अन्य दुई जना घाइते भएका छन् । घाइतेको मंगलबार बिहानै हेलिकप्टरबाट उद्धार गरिएको छ । 

    आओराकी हिमाल ३ हजार ७२४ मिटर अग्लो छ । प्रतिकूल मौसम र ठुल्ठुला खाल्डाका कारण यो हिमाल आरोहण पोख्त आरोहीका लागि समेत निकै कठिन मानिन्छ । यो हिमाल चढ्ने क्रममा थुप्रै आरोहीको  ज्यान गइसकेको छ । 

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १४:५२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij