२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । कुलमान घिसिङको भनिएको उज्यालो नेपाल पार्टीसहित तीन पार्टी एकीकरणबारेको गृहकार्यमा जुटेका छन् । उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकता गर्नेगरी छलफलमा जुटेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका नेता तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले आफूहरू एकताको अन्तिम तयारीमा जुटेको बताएका छन् ।
केही प्राविधिक विषय मिलाएर छिट्टै एकताको मिति घोषणा हुने समेत बताएका हुन् । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ रहेकी छन् भने हाम्रो पार्टीको अध्यक्ष खगेन्द्र सुनार रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij