Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

रामबहादुर बम्जनको मुद्दा सुनुवाइका लागि पेसीमा

रामबहादुर बम्जनको मुद्दा सुनुवाइका लागि पेसीमा


  • 302
    Shares

    रामबहादुर बम्जनको मुद्दा सुनुवाइका लागि पेसीमा
    images

    काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका रामबहादुर बम्जनको मुद्दा सुनुवाइका लागि पेसीमा चढेको छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

    सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बमजनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएपछि त्यसविरुद्ध बम्जन जनकपुर उच्च अदालत पुगेका थिए । 

    उच्च अदालतले जिल्लाको सुरुको आदेश सदर गरेपछि थुनामुक्त गर्न माग गर्दै दफा ७३ अन्तर्गत निवेदन लिएर सर्वोच्च आएका हुन् ।

    बम्जनविरुद्ध सवा ८ करोडको बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो । बम्जनविरुद्ध कुल ८ करोड २७ लाख ५९ हजार ४८१ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय माग गरेको थियो ।

    यसअघि पनि सर्लाही जिल्ला अदालतले बमजनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

    त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए ।

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १२:२६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij