Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ


  • 281
    Shares

    मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ
    images

    काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ३ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

    मकवानपुर घर भई ललितपुर बस्ने २० वर्षीय प्रशान्त खत्री, मकवानपुरकै २७ वर्षीय समिर रुम्बा र मकवानपुरका २७ वर्षीय निमा रुम्बालाई पक्राउ गरी आज सार्वजनिक गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार खत्रीलाई काठमाडौंको तारकेश्वर नगरपालिकास्थित पुरानो गुह्येश्वरीबाट र रुम्बाद्वयलाई कीर्तिपुरबाट पक्राउ गरिएको हो । 

    ट्राफिक प्रहरीले आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न, ‘ह्विल’ तथा ‘चेनलक’, ‘ह्यान्डिल’ र ‘डिस्कलक’, सुरक्षा साइरनहरू जडान गर्न तथा मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न सबैलाई अनुरोध गरेको छ ।

    कार्यालयले सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाएको छ । 

     

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १४:०४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij