Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका सबै उडान रद्द, उडेन एमाले नेताहरू चढेको जहाज

सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका सबै उडान रद्द, उडेन एमाले नेताहरू चढेको जहाज


  • 498
    Shares

    सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका सबै उडान रद्द, उडेन एमाले नेताहरू चढेको जहाज
    images

    काठमाडौं । सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ ।

    बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो । आज एकमात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो ।

    सो जहाज धावनमार्ग नपुग्दै फर्काइएको छ । अहिले बारामा कर्फ्यु आदेश जारी भएको छ । जसले गर्दा आजका लागि निर्धारित उडानहरू रद्द गरिएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिएका छन् ।

    एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेता आउने भएपछि जेनजी युवाहरुले  सिमरा एयरपोर्ट नजिक विरोध कार्यक्रम राखेका थिए ।  

     

     

     

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १३:४१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij