Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

हेलम्बुमा निःशुल्क स्वास्थ्य सेवा केन्द्र, अमेरिकी राजदूतले गरे शिलान्यास

हेलम्बुमा निःशुल्क स्वास्थ्य सेवा केन्द्र, अमेरिकी राजदूतले गरे शिलान्यास


  • 841
    Shares

    हेलम्बुमा निःशुल्क स्वास्थ्य सेवा केन्द्र, अमेरिकी राजदूतले गरे शिलान्यास
    images

    हेलम्बु । हेलम्बु गाउँपालिका, हेलम्बु स्वास्थ्य प्रतिष्ठान र धुलिखेल अस्पतालको संयुक्त पहल तथा छिरिङ्स फण्ड अमेरिकाको आर्थिक सहयोगमा हेलम्बु–६, इचोकमा निर्माण हुन लागेको ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को भव्य सिलान्यास सम्पन्न भएको छ।

    कार्यक्रममा नेपालका लागि अमेरिकाका राजदूत महामहिम Dean R. Thompson, गुरु मिङ्ग्यूर रिन्पोछे, गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, छिरिङ्स फण्डका संस्थापक डा. पिटर स्केमाइडिङ, संस्थाका अध्यक्ष छिरिङ लामा, हेलम्बु स्वास्थ्य प्रतिष्ठानका अध्यक्ष पूर्ण गौतम, सचिव सुरेश तामाङ, तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। राजदूत Thompson ले ग्रामीण भेगमा यस्तो आधुनिक स्वास्थ्य पूर्वाधार निर्माण हुनु स्थानीय समुदायलाई निकै ठूलो फाइदा पुग्ने ऐतिहासिक कदम भएको बताए।

    585369284_122150631878804864_5213377963159238625_n.jpg

    समारोहमा पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुको स्वास्थ्य क्षेत्रमा रूपान्तरण ल्याउने लक्ष्यसहित दन्त तथा आँखाका सबै सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने जानकारी दिए। उनले भने—“स्वास्थ्य अब हेलम्बुवासीका लागि सुविधा होइन, अधिकार हो। अब दन्त, आँखा जस्ता अत्यावश्यक सेवा निःशुल्क पाउनुका साथै क्यान्सर उपचारसहितका उन्नत विशेषज्ञ सेवा विस्तार गर्दै हामी हेलम्बुलाई क्षेत्रीय स्वास्थ्य गन्तव्य बनाउनेछौँ।

    केवल हेलम्बु मात्र होइन, आसपासका अन्य पालिकाबाट आउने नागरिकले पनि समान रूपमा सेवा पाउनेछन्।” उनका अनुसार, यो परियोजनाले हेलम्बुमा दीर्घकालीन सामाजिक–आर्थिक परिवर्तन पनि ल्याउनेछ। हेलम्बु स्वास्थ्य प्रतिष्ठानका अध्यक्ष पूर्ण गौतमले यो केन्द्रलाई हेलम्बुको स्वास्थ्य सुरक्षाको मेरुदण्डका रूपमा वर्णन गर्दै भने— “अब हेलम्बुवासीले उपचारका लागि राजधानी वा अन्य शहर धाउनुपर्ने छैन। आधुनिक उपकरण, दक्ष जनशक्ति र दिगो योजना सहितको सेवा अब यही हेलम्बुमा उपलब्ध हुनेछ। यसले केवल हेलम्बु मात्र नभई मेलम्ची, पाँचपोखरी, इन्द्रावती र आसपासका क्षेत्रका नागरिकलाई पनि ठूलो राहत दिनेछ।” सचिव सुरेश तामाङले परियोजनाले समान पहुँच, मर्यादित सेवा र स्वास्थ्यमा दिगोपनाको नयाँ मानक स्थापित गर्ने बताउँदै सबै समुदायलाई समान रूपमा सेवा उपलब्ध गराइने सुनिश्चितता व्यक्त गरे।

    584577004_122150631656804864_2344196256766503262_n.jpg

    कार्यक्रमका विशेष सहभागी, छिरिङ्स फण्डका संस्थापक डा. पिटर स्केमाइडिङले हेलम्बु समुदायप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै मन छुने भनाइ राखे— “यो पवित्र भूमि र अद्भुत समुदायका लागि यस्ता सकारात्मक कार्यहरू गर्न पाउनु मेरो लागि ठूलो सम्मान र खुशीको विषय हो। यस चिकित्सा केन्द्रले यहाँका मानिसहरूलाई दीर्घकालीन स्वास्थ्य लाभ पुर्‍याउनेछ भन्नेमा म विश्वस्त छु। हामी भविष्यमा पनि यस्ता उपयोगी परियोजनाहरूमा साथ दिँदै अघि बढिरहनेछौँ।” उनको भनाइले सहकार्य, करुणा र दिगोपनाको सुन्दर सन्देश प्रवाहित गरेको थियो।

    कार्यक्रममा गुरु मिङ्ग्यूर रिन्पोछेले करिब १००० जनालाई छेवार, मनि को लुङ, बज्रगुरुको लुङ, ज्याम्बेयानको लुङ तथा मंगलमय आशीर्वाद प्रदान गरेका थिए, जसले समारोह आध्यात्मिक शान्ति, आशा र शुभकामनाले भरिएको थियो।

    यस केन्द्र निर्माणपछि हेलम्बुवासीलाई दन्त, आँखा तथा सामान्य उपचारदेखि विशेष परामर्शसम्मका सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध हुनेछन्। साथै, सेवा लिन आउने अन्य पालिकाका नागरिकलाई पनि खुला पहुँच रहनेछ, जसले यस क्षेत्रलाई स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा स्थापना गर्नेछ।

    स्थानीय बासिन्दाहरूले वर्षौँदेखिको प्रतीक्षा पूरा भएको अनुभूति व्यक्त गर्दै—“अब उपचारका लागि पैसा, दूरी वा पहुँचका कारण कुनै नागरिक वञ्चित हुने छैन”—भन्दै अत्यन्त खुशी र कृतज्ञता व्यक्त गरे। विविध संघ–संस्थाका प्रतिनिधिहरू, स्थानीय अगुवाहरू, स्वास्थ्यकर्मी र समुदायका सक्रिय सहभागिताबीच सम्पन्न यो ऐतिहासिक सिलान्यासले हेलम्बुमा निःशुल्क, गुणस्तरीय, पहुँचयोग्य र दिगो स्वास्थ्य सेवाको नयाँ युग सुरु भएको घोषणा गरेको छ।

     

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - ०८:३१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij