Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

जनेजी आन्दोलनका २४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने सरकारको निर्णय

जनेजी आन्दोलनका २४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने सरकारको निर्णय


  • 1.2K
    Shares

    जनेजी आन्दोलनका २४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । 

    मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । 

    यस्तै प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट प्राप्त हुने करिब २.१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता खरेलले बताएका छन् । 

    मन्त्रिपरिषद्ले माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम हुने गरी अध्यागमन नियमावलीमा हेरफेर गर्ने र सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

     

     

    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - १६:५३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij