२०८२ मंसिर २ गते मंगलवार
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दैै आफूहरु अदालत जाने बताएका छन् । मंगलवार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरुको बैठकमा बोल्दै उहाँले प्रतिनिधिसभा पुनःस्थापनाको काम गर्दैं आफ्नो पार्टी कानूनी उपचारका लागि अदालत जाने बताएका हुन् ।
अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन संविधान र कानूनसम्मत नभएकाले अदालतले त्यसको पक्षमा फैसला गर्ने कुनै बाटो नभएको जिकीर समेत पटक पटक गरेका छन् । उनले आफूले सो विषयमा पटक पटक संविधान हेरेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको दोहो¥याका छन् ।
उनले भो, ‘हामी दुई वटै कदम चाल्दै अघि बढने छौ । एउटा यसलाई अस्विकार गर्दै कानूनी उपचार खोज्छौ । र यो कोर्टमा न्याय, संविधान नजरमा र यसको संवैधानिक, यी कदमहरुको संवैधानिक परिक्षण हुनुपर्दछ भन्ने हामी ठान्दछौ । अर्को कुनै परीक्षणको फैसला आउने कुनै बाटो नै छैन । पु्नःस्थापनाबाहेक सम्मानित अदालतले गर्ने अर्को फैसला गर्ने अर्को संवैधानिक बाटो नै छैन । मैले पनि धेरैपल्ट संविधान पल्टाए । धेरै पल्ट संविधान हेरेँ । यो पूर्ण रुपमा असंवैधानिक छ । यसले संविधानसम्मत छु भनेर दावी गर्नै सक्दैन, तर्क पेश गर्नै सक्दैन यसले । संवैधानिक छु, लोकतान्त्रिक छु, लोकतन्त्रको पक्षमा छु यसले भन्नै सक्दैन । यसले भन्ने एउटा कुरा हो भने–अराजकता, आगलागि, तोडफोड र लुटपाटलाई क्रान्ति भनेर क्रान्तिबाट बनेको हो भन्ने ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले अराजकता, आगलागि, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij