Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

वर्तमान सरकारले मुलुकमा खुलेआम भ्रष्टाचारको काण्ड मच्चायोः ओली

वर्तमान सरकारले मुलुकमा खुलेआम भ्रष्टाचारको काण्ड मच्चायोः ओली


  • 393
    Shares

    वर्तमान सरकारले मुलुकमा खुलेआम भ्रष्टाचारको काण्ड मच्चायोः ओली
    images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले खुलेआम भ्रष्टाचारको काण्ड मच्याएको आरोप लगाएका छन् । मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठकलाई सम्बोधन गर्दैै उनले सो कुरा बताएका हुन् ।

    अध्यक्ष ओलीले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिई विद्युत खरिदको नाममा करोडौँ घोटाला गरेको विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेको भन्दै आपत्ति समेत जनाएका छन् । उनले आफू नेतृत्वको सरकारको पालामा केही भ्रष्टाचार भएपनि वर्तमान सरकारले जस्तो कुशासन र चरम भ्रष्टाचार नगरेको जिकीर समेत गररेका छन् । 

    ओलीले भने,‘ देश समृद्धिको मार्गमा अघि बढिरहेको थियो । यस्तो अवस्थामा अनावश्यक ढंगले न देशमा त्यस्तो चरम भ्रष्टाचार थियो । भ्रष्टाचार हुँदो हो । कुन भ्रष्टाचार कहाँ, कहाँनिरको भ्रष्टाचार रु कुन केस रु अहिलेका जस्ता खासै तोकिएका यति करोडका विद्युत खरिदका विद्युत विक्रीका अथवा विदेशी कम्पनीलाई कर छुटका यस्ता खुलेआम भ्रष्टाचारका काण्डहरु त देखिएका थिएनन त रु अहिले जुन देखिएको छ । त्यो त देखिएको थिएन । यस्तो कुशासन पनि देखिएको थिएन । विकासहिनता, राजनीति, अन्यौलग्रस्त, अराजक यस्तो त थिएन त ।’

    अध्यक्ष ओलीले वर्तमान सरकारले मुलुकलाई विकासहिनता, अराजकता र अन्यौलग्रस्त अवस्थामा पु¥याएको समेत बताएका छन्। 
     

    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - १५:४२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij