Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

दुर्गा प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम

दुर्गा प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम


  • 274
    Shares

    दुर्गा प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम
    images

    काठमाडौं । दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहाइको माग गर्दै नागरिक बचाउ महाअभियानले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई ज्ञापन पत्र बुझाएको छ।  

    अभियानका सदस्यहरूले महाअभियानका केन्द्रीय अध्यक्ष प्रसाईंलाई गएराति कुनै जाहेरी र पक्राउ पुर्जीबिनै प्रहरीले पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन्। 

    'देश द्रोही, भ्रष्टाचारी, दलाल, तस्कर र हत्याराहरू खुलेआम ससम्मान हिडिहेको अवस्थामा अभियानका केन्द्रीय अध्यक्षलाई २४ घण्टाभित्रमा बिनासर्थ रिहाइको माग गर्दै यो ज्ञापनपत्र पेस गर्दछ,' अभियानले भनेको छ, 'सो अवधिभित्र पनि उहाँको रिहाइ नभएमा भोलिबाट थप आन्दोलन र संघर्षका कार्यक्रमसहित अघि बढ्न अभियान बाध्य रहनेकुरा जानकारीका लागि अनुरोध छ।' 

    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - १५:०४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij