Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

राष्ट्रिय जनमत पार्टीले लियो दल दर्ताको प्रमाणपत्र

राष्ट्रिय जनमत पार्टीले लियो दल दर्ताको प्रमाणपत्र


  • 267
    Shares

    राष्ट्रिय जनमत पार्टीले लियो दल दर्ताको प्रमाणपत्र
    images

    काठमाडौं । राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । सो पार्टीका नेताहरुले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर दल दर्ताको प्रमाणपत्र लिएका हुन् । 

    मधेसको सबै समस्या समाधान गर्नका लागि आफूले निर्वाचनमा भाग लिने उद्देश्यका साथ दल दर्ता गरी त्यसको प्रमाण पत्र बुझेको सो पार्टीका नेता इरफान हमसेखले बताए । उनले आफूहरुले मधेशको समस्या बुझेकाले समाधान गरेर अघि बढने जिकीर समेत गरे ।

    नेता हमसेखले भने,‘ मधेसको समस्या खत्तम गर्नका लागि पूर्वदेखि पश्चिमसम्म नै हाम्रो संगठन अलरेडी छदैछ । समस्याहरु पहिलेदेखिनै चिन्हित छन । त्यही समस्या खतम गर्नका लागि यो पार्टी हामीले गठन गरेका हौ । हामीले ४÷५ वर्षदेखि काम गर्दै आएका छौ । हाम्रो संगठन पुरानै हो, दर्ता मात्रै हामीले अहिले गरेका हौँ ।’

    दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको सो पार्टीको चुनाव चिन्ह डोजर रहेको छ । नेता हमसेखले मधेशमा विद्यमान भ्रष्टाचारलाई डोजर लगाएर समाप्त पार्न आफूहरु सफल हुने दाबी समेत गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि विभिन्न दलहरुले निर्वाचन आयोगमा दल दर्ताको कामलाई अघि बढाएका छन् ।

    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - १३:१०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij