२०८२ मंसिर २ गते मंगलवार
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गरेका छन् ।
काफ्लेले भने, ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको छ । डाटाहरु सुरक्षित रहेको भन्ने बुझिएको छ’ ।
हालै निर्वाचन आयोगले मतदाता नामावली संकलनको क्रममा राष्ट्रिय परिचयपत्रको विवरणसँग जोडिएको थियो । तर ह्याक भएको यो साइटमा भने राष्ट्रिय परिचयपत्रका कुनै पनि विवरणहरु नभएको कर्मचारीहरुले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij