२०८२ मंसिर २ गते मंगलवार
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी प्रहरीले गरेको छ ।
सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं मध्यराति पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाउने तयारीअनुसार डकुमेन्टेशनको काम सुरु गरेको छ ।
प्रसाईंले बोलेका अभिव्यक्तिले सार्वजनिक शान्ति भंग गर्ने किसिमको रहेकाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
‘अभिव्यक्ति स्वतन्त्रताको नाममा उहाँले दिनु भएका अभिव्यक्तिले सार्वजनिक शान्तिमा खलल पुग्ने देखिन्छ’ एसपी भट्टराईले भने, ‘जसअनुसार सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गछौं ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij