Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

मुग्लिन–पोखरा सडकमा दैनिक चार घण्टा सवारी आवगमन बन्द

मुग्लिन–पोखरा सडकमा दैनिक चार घण्टा सवारी आवगमन बन्द


  • 267
    Shares

    मुग्लिन–पोखरा सडकमा दैनिक चार घण्टा सवारी आवगमन बन्द
    images

    काठमाडौं । मुग्लिन–पोखरा सडकमा दैनिक चार घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय भएको छ । मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) ले एक सूचना जारी गर्दै विजयपुर खोलामा निर्माणाधीन पुलमा ‘गर्डर लन्चिङ’ गर्नुपर्ने भएकाले मंगलबारदेखि मंसिर ११ गतेसम्म सडक बन्द गर्न सुरु गरिएको जनाएको छ ।

     उक्त अवधिमा हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म पोखरा–विजयपुर खण्डमा सवारी साधन सञ्चालनमा पूर्णरआंशिक रोक लगाइनेछ ।आयोजनाका अनुसार एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माणाधीन २ लेनको प्रिस्ट्रेस कंक्रिट पुलमा गर्डर राख्ने तयारी भएको छ । 

    यो काम अति संवेदनशील भएकाले सुरक्षालाई ध्यानमा राख्दै रातको समयमा गर्न नसकिने हुँदा दिउँसोमा सवारी आवागमन रोकेर काम गर्नुपर्ने बाध्यता रहेको पश्चिम खण्डले जारी गरेको सूचनामा उल्लेख छ ।

    सडक बन्द हुँदा यात्रुलाई पर्न जाने असुविधालाई मध्यनजर गर्दै वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । जसअनुसार दुईपाङ्ग्रे तथा साना सवारीसाधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे निस्कने र सोही रुट हुँदै फर्कने व्यवस्था मिलाइएको छ । 

    ठूला तथा मालबाहक सवारीसाधनका लागि पावरहाउसचोकदेखि भौमारा हुँदै बिरौटा निस्कने र सोही मार्ग हुँदै फर्कने वैकल्पिक रुट तोकिएको छ ।

    साथै आयोजनाले तोकिएको समयमा ट्राफिक व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय, कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई अनुरोध गरेको छ । 

    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - १२:३२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij