Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

इटहरीमा घरमा राखिएको लागुऔषध फाल्दैगर्दा दम्पती पक्राउ

इटहरीमा घरमा राखिएको लागुऔषध फाल्दैगर्दा दम्पती पक्राउ


  • 337
    Shares

    इटहरीमा घरमा राखिएको लागुऔषध फाल्दैगर्दा दम्पती पक्राउ
    images

    काठमाडौं । इटहरी उपमहानगरपालिका-१२ का नसिव फार्मेसी सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । नसिव नारायण चौधरी र उनकी श्रीमति सम्झना चौधरी पक्राउ परेका हुन् ।

    फार्मेसीमा ट्रामाडोल विक्री वितरण गर्दैछ भनी विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा लागु औषध जिल्ला प्रहरी कार्यालय भोजपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    चौधरीलाई पक्राउ गरी उनको घरमा खानतलासी गर्दा उनको श्रीमतिले सिमेन्टको २ वोरा घरको छत माथीबाट फाल्दै गरेको अवस्थामा देखि फालिएको बोराहरु चेकजाँच गर्दा उक्त बोरा भित्र लागुऔषध भएको प्रहरीले जनाएको छ । 

    प्रहरीले ट्रामाडोल १ हजार ९८० पत्तामा १९ हजार ८०० क्याप्सुल र कोठाको टेवलबाट प्रतिवन्धित औषधी ४०० पत्तामा ४ हजार ट्यावलेट फेला परेको प्रहरीले जनाएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ  ।

    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - १२:२२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij