२०८२ मंसिर २ गते मंगलवार
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड लागू गरेको छ।
परिषद्ले आईटीएमएस अनलाइन मार्फत जारी हुने डिप्लोमा तथा प्रमाणपत्र तहका ट्रान्सक्रिप्टमा र प्रिडिप्लोमा तहका मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिएको एक सूचनामार्फत जनाएको हो । क्यूआर कोड सोमबारदेखि लागू भएको सीडीईभीटीले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।
नयाँ प्रणाली लागू भएपछि परिषद्बाट जारी हुने प्रमाणपत्रलाई अनलाइनमार्फत छिटो, सरल र विश्वसनीय रूपमा प्रमाणीकरण गर्न सकिने परिषद्को भनाइ छ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij